१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–६ का २१ वर्षीय मिनबहादुर गाहालाई चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर साझँको समयमा बलात्कार गरेको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लक्ष्मण पचभैयाले इन्सेक प्रतिनिधिसँगको सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते पाल्पा अस्पतालमा गरिएको छ ।