INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारी र २२ वर्षीय रेवन्त भण्डारी सहित चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते उजुरी दिनु भएको छ  ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको भएपनि आरोपितहरु फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेकटर गंगादत्त बडुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

Promo-01

मेला हेर्न गएको समयमा चैत ४ गते विहान बालिकाको मोवाइल खोसेर चार जना युवकहरुले बोकेर षोडशाको ठुला खेत भन्ने स्थानमा लगेर सामुहिक बलात्कार गरेको पीडितकी भाउजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालिका घटना भएको तीन / चार घण्टापछि मात्रै घर पुगेर छिमेकीहरुलाई घटनाका बारेमा बताएपछि आफूले जानकारी पाएको पीडितकी भाउजुले बताउनु भयो ।

घटनामा संलग्न दुई जनाको पहिचान खुले पनि अन्य दुई जनाको पहिचान खुल्न नसकेको पीडितकी भाउजुको भनाइ छ ।

बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते जिल्ला अस्पताल, अछाममा गरिएको छ ।

अन्य

भिडियो