INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेसका नगर सभापति र वडाध्यक्षको समूहबिच झडप, पाँच जना घाइते

देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरेका ५५ वर्षीय वडाअध्यक्ष जगरनाथ राय यादव र नेपाली कांग्रेसका नगर सभापति ५५ वर्षीय रामअयोध्या राय यादव पक्षबिच चैत ५ गते झडप हुँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा ६० वर्षीय फेकु राय यादव, ५८ वर्षीय रामबाबु राय यादव, ५० वर्षीय अनारदेवी यादव, २५ वर्षीय चुनचुन राय यादव र २५ वर्षीय रबिन्द्र राय यादव रहेका छन् ।

वडाअध्यक्ष जगरनाथ राय यादव र नेपाली कांग्रेसका नगर सभापति रामअयोध्या राय यादवबिच पुरानो रिसइवीका कारण झडप भएको प्र्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्स्पेक्टर राजन लम्सालले बताउनु भयो ।

Promo-05

चार जना घाइतेहरूको उपचार गरुडा बजारस्थित ग्राण्डी अस्पतालमा र रामबाबु राय यादवको उपचार नेशनल मेडिकल कलेज बीरगंजमा भइरहेको इन्स्पेक्टर लम्सालले बताउनु भयो ।

झडपमा संलग्न रहेको आरोपमा जगरनाथ पक्षबाट आठ जना र रामअयोध्या पक्षबाट तीन जना गरी ११ जनालाई हाल प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।

गिरफ्तार पर्नेमा देवाही गोनाही नगरपालिका–७ का ५५ वर्षीय रामअयोध्या राय यादव, ४० वर्षीय रामधिन राय यादव, ३९ वर्षीय प्रमोद राय यादव , ५५ वर्षीय जगरनाथ राय यादव, २५ वर्षीय पनिलाल राय यादव, २१ वर्षीय रिकेश राय यादव, १९ वर्षीय रमेश शर्मा, १९ वर्षीय विजय यादव, २३ वर्षीय विश्वेश्वर प्रसाद यादव, २५ वर्षीय महेश यादव, र १९ वर्षीय विवेक यादव रहेको डिएसपी भण्डारीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो