१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रागिरी नगरपालिका–६ का २१ वर्षीय मनिष बिडारीलाई प्रहरीले चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई चैत ४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध सोही दिन महानगरीय प्रहरी वृत्त थानकोटमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा वृत्तबाट खटिएको प्रहरीको टोलीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी मोहन खाँडले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसूति गृहमा चैत ५ गते गरियो ।