२६ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जोशीपुर गाउँपालिकामा–५ का २७ वर्षीय दिनेश चाैधरी विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा फागुन ३० गते उजुरी दिनु भएको छ ।
आफूमाथि फागुन २९ गते बलात्कार भएपछि चौधरीका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयमार्फत चैत १ गते जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ताको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपित फरार रहेकाले खोजी कार्य समेत भइरहेको डिएसपी विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ३० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भएको छ ।