१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७८ फागुन ३० गते काठमाडौँ महानगरपालिका-२१ का ३५ वर्षीय सुरज कपालीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०७७ चैत १६ गते पीडित कै घरमा एक्लै रहेको बेला बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडितका आफन्तले ०७८ फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ परीक्षण ०७८ चैत ३० गते प्रादेशिक अस्पताल चरिकोटमा गरियो ।