इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई चैत २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरेर चैत १९ गते बेलुकी खुर्पाले टाउकोमा प्रहार गरी कुटपिटसमेत गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितले खुर्पा प्रहार गर्दा पीडित शोभाको टाउकोमा गम्भीर चोट लागेकाले पीडितको जिल्ला अस्पताल तम्घासमा उपचार गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका असई सत्यनारायण यादवले जानकारी दिए ।