INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका फरार आरोपित ६ वर्षपछि गिरफ्तार

२६ वर्षीया आरती परियारको हत्या गरी फरार रहेको आरोपमा पति विक्की मुस्कान भनिने भोगेन्द्र यादवलाई प्रहरीले ०७८ फागुन २४ गते गिरफ्तार गरेको छ ।

सिरहा जिल्ला बिसनपुर गाउँपालिका–५ का यादवले गोदावरी नगरपालिका–६ साविक लेले–९ फैडोलस्थित पिआइए पार्क जाने बाटोमा पत्नीको हत्या गरेर फरार भएको आरोप छ भने उक्त मुद्दा जिल्ला अदालत ललितपुरमा विचाराधिन छ ।

यस सम्बन्धमा थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा राखिएको छ भने फागुन २५ गते सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी शिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार यादवलाई इन्टरपोलको समन्वय तथा कतार प्रहरीको सहयोगमा कतारबाट गिरफ्तार गरी नेपाल ल्याइएको हो ।

घटनाको अनुसन्धानका क्रममा रविकुमारलाई ०७७ असोज ८ गते गिरफ्तार गरी अनुसन्धान पश्चात जिल्ला अदालत ललितपुरमा पेस हुँदा असोज २७ गते एक लाख रुपैयाँ धरौटीमा रिहा भएको अभिलेख रहेको श्रेष्तेदार विष्णुप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

अन्य

भिडियो