१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोक्राहा नरसिंह गाउँपालिका–५ का २६ वर्षीय मेहरद्धिन मञ्सुरीविरूद्ध प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएको र प्रहरीले खोजी गरिरहेको डिएसपी कार्कीले बताउनु भएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २४ गते गरिएको छ ।