INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते धनुषामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त रूपमा र्‍याली र सडक नाटकसहित विविध कार्यक्रम गरिएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मधेस प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, ओरेक नेपाल, नेपाल प्रहरीलगायतका सङ्घसंस्थाहरूले संयुक्त रूपमा जानकी मन्दिरबाट र्‍यालीको आयोजना गरी जनकपुरको रेल्वे स्टेशनमा पुगेर कोणसभा गरेका हुन् ।

जानकी मन्दिरमा बाल हिंसा न्युनीकरणसम्बन्धी जनचेतनामुलक सडक नाटक र रेल्वे स्टेशनमा समेत महिला हिंसासम्बन्धी जनचेतना मुलक नाटक प्रस्तुत गरिएको थियो ।

इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेस प्रदेशमा महिला तथा बालबालिकाहरुमाथि हुने हिंसाहरूमा कमी नआएको बताउनुभयो ।

मधेस प्रदेशमा भएका अधिकांश घटनामा महिला र बालबालिका हिंसाबाट पीडित भएकाले यसतर्फ सबैको ध्यानाकर्षण हुन जरुरी रहेको उहाँले बताउनु भयो ।

उहाँले इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तक २०२२ मा समावेश भएका घटनाको झण्डै ६० प्रतिशत महिला तथा बालबालिका हिंसाको घटना अभिलेख गरिएको बताउनु भयो ।

photo20220308dhanusha (1)

photo20220308dhanusha (2)

photo20220308dhanusha (3)

photo20220308dhanusha (4)

photo20220308dhanusha (5)

photo20220308dhanusha (6)

अन्य

भिडियो