INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला दबाब अभियान घोषणा

११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा फागुन २४ गते इन्सेक लगायत महिला दबाब अभियानसँग आबद्ध महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त रूपमा र्‍याली र कोणसभा आयोजना सम्पन्न गरिएको छ ।

“महिलाको श्रमको पहिचान, मान्यता, रोजाईको काम गर्न पाउने अधिकार, विभेद, दुर्व्यवहार मुक्त कार्यस्थल एवम् शरस्रमाथि आफ्नो अधिकारः लैङ्गिक समानताको दिगो आधार” भन्ने मूल नाराका साथ सम्पन्न भएको हो ।

photo20220308kathmandu1-768x512

कार्यक्रममा महिला अधिकारकर्मी डा. रेणु अधिकारीले नेपालमा अझै पनि महिलाले गर्ने कामको सम्मान नभएकाले महिला हिंसा नियन्त्रण हुन नसकेको बताउनुभयो ।

जबसम्म महिलाको आफ्नो श्रम, शरीर र पहिचानमाथि आफ्नै अधिकार स्थापित हुन् सक्दैन तबसम्म सामाजिक न्याय सहितको दिगो विकासको सुनिश्चितता हुन नसक्ने उहाँको भनाई थियो ।

त्यस्तै सुनिता फाउन्डेसनकी अध्यक्ष सुनिता दनुवारले समाज परिवर्तन गर्नको लागि घर भित्रको महिला अधिकार बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिलाको पूर्ण अधिकारका लागि राज्य तथा समाजले नीतिगत र व्यवहारिक रूपमा रुपान्तरणकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस्तै अधिकारकर्मी बिमल लामाले विद्यमान सामाजिक संरचनाले महिलाको गतिशिलता र आफ्नो शरीरमाथिको अधिकार कुण्ठित भएको छ भने अर्कोतर्फ उनीहरूले गर्ने श्रमलाई सामाजिक र सांस्कृतिक रूपमा बहिस्करणमा पारिएको उल्लेख गर्नुभयो ।

उहाँले महिला अधिकारको सम्मानका लागि महिलाको हरेक क्षेत्रको काम उत्पादनशील श्रम हो भन्ने मान्यता स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अवसरमा नेपाल पब्लिक हेल्थ विद्यार्थी समाजले चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।

सोही अवसरमा महिला मानव अधिकार रक्षक सन्जाल, विभिन्न संस्था तथा विद्यार्थीको सहभागितामा ८ मार्च २०२२ देखि ८ मार्च २०२३ सम्मका लागि महिला दबाब अभियान समेत घोषणा गरिएको थियो ।

womans day 3 womans day 5 womans day 9 Womens day 1

अन्य

भिडियो