सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का २४ वर्षीय विश्वमणि आचार्यलाई फागुन २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७८ पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २९ गते इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएको इन्स्पेक्टर प्रकाश श्रेष्ठले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई फागुन २० गते अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २० गते गरिएको छ ।