सूर्यविनायक नगरपालिका–४ की ६० वर्षीया पूजा गुभाजुलाई एसिड प्रहार गरेको आरोपमा पति ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले ०७८ फागुन २२ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।
आफ्नै घरमा भएको झगडापछि पत्नी पूजालाई २२ गते साँझ घरमै हानिकारक रसायन प्रहार गरी घाइते बनाएको अनुसन्धनमा खुल्न आएको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी नरहरि रेग्मीले जानकारी दिनु भयो ।
डिएसपी रेग्मीले घाइते महिलाको ढाडमा जलेको र हतियार प्रयोग गरी काटिएको पाइएको जानकारी दिँदै आरोपित गुभाजुलाई काठमार्डौँबाट मध्यपुरथिमि प्रहरी वृत्तको टोलीले राती १० बजे गिरफ्तार गरी अनुसन्धान गरिरहेको जानकारी दिनु भयो ।
गम्भीर घाइते गुभाजुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।