१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई इलाका प्रहरी कार्यालय लहानले फागुन २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको भन्दै फागुन २० गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा फागुन २० गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले घटनाको जानकारी हुना साथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।