४० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै शिद्धकुमाख गाउँपालिका –४ झारगाउँ निवासी ५८ वर्षीय रघुविर चलाउने बिरूद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले फागुन १७ गते उजुरी दिएका छन् ।
०७८ साउन १५ गते जङ्गलमा बलात्कार गरेर आरोपितले घटनाबारे कसैलाई नभन्न दबाव दिएको र हाल आफू ८ महिनाको गर्भवती भएको पीडितको भनाइ छ ।
महिलाको स्वास्थ्य परीक्षण फागुन १७ गते सल्यान जिल्ला अस्पतालमा भयो ।
घटनाबारे थप अनुसन्धान र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।