INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका २४ वर्षीय देवकुमार राजवंशीलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएको इन्स्पेक्टर राकेश रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर रेग्मीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १९ गते गरिएको छ ।

अन्य

भिडियो