INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का २५ वर्षीय जयचन्द शर्मालाई फागुन १७ गते गिरफ्तार गरेको छ ।

छोरीलाई फागुन १६ गते बलात्कार गरेको भन्ने थाहाँ पाएपछि आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन १७ गते उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी  कार्यालयका  डिएसपी बेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो