INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फरार रहेका जीतपुरसिमरा उपमहानगरपालिका–१८ का १९ वर्षीय गोबिन्द मण्डल र सोही ठाँउका २० वर्षीय उपेन्द्र मण्डल विरुद्धको मुद्दा जिल्ला अदालतले फागुन १५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश खिलनाथ रेग्मीको इजलासले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार नवराज जोशीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ साउन १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय सिमरामा सोही दिन उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते प्रादेशिक अस्पताल कलैयामा गरिएको थियो ।

इलाका प्रहरी कार्यालय सिमराले साउन ३ गते जबरजस्तीकरणी उद्योगमा पीडितले दिएको उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतबाट ०७८ साउन २१ गते पक्राउ पुर्जी जारी भएकोमा आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो