शारिरीक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हल्दीबारी गाउँपालिका–२ का ४० वर्षीय राजु कर्मकारलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश विनोद खतिवडाको ०७८ फागुन १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष कैद र पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनकुमार गुराँगाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ असोज १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १९ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असोज २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा कात्तिक २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको ०७७ कात्तिक २६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ असोज १९ गते गरिएको थियो ।