INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले फुङलिङ नगरपालिका–१० फुरूम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई फागुन १५ गते ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै हत्या गरेको कसुरमा २५ वर्ष कैद  र बलात्कार गरेको कसुरमा ११ वर्ष गरी ३६ वर्षको कैद सजायको फैसला सुनाएको अदालतका इजलास सहायक निमाछिरीङ शेपाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरबाट पीडित पक्षले पाउने गरी ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको इजलास सहायक शेर्पाले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ असोज ८ गते बलात्कारपछि हत्या गरेर फुङलिङ नगरपालिका–७ दोखुपट्टिको भीरबाट लडाएर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

असोज ८ गतेदेखि बेपत्ता भएकी पीडितको खोजीका क्रममा असोज १० गते शव फेला परेपछि पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई माघ १० गते गिरफ्तार गरेको थियो ।

प्रेम सम्बन्धमा रहेको र आफूले विवाहको प्रस्ताव गर्दा प्रेमिकाले नमानेपछि हत्या गरेको आरोपितले अनुसन्धानका क्रममा बताएपछि प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतमा बलात्कारपछि हत्या शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०७८ कात्तिक ५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज १० गते गरिएको थियो ।

पीडित पक्षले ०७८ असोज ११ गते शव बुझी फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिममा शवको अन्त्येष्टि गरेको गरेको थियो ।

अन्य

भिडियो