INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित शिक्षकलाई कारबाहीको माग

बेनी नगरपालिका स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत मालिका गाउँपालिका–५, देवीस्थान घर भई बेनी नगरपालिका–६ बस्ने १७ वर्षीय राजन पौडेललाई फागुन १३ गते कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका अभिभावकले सोही विद्यालयका लेखा विषयका शिक्षक बेनी नगरपालिका–२ ज्यामरुककोटका ४६ वर्षीय नविन घिमिरेलाई कारबाहीको माग गर्दैे फागुन १५ गते जिल्ला प्रशासन कार्यालय म्याग्दी र विद्यालयमा निवेदन दिएका छन् ।

पीडितका ७२ वर्षीय बाबु भीमप्रसाद पौडेलले आफ्नो छोरालाई ०७८ फागुन १३ गते शिक्षकले कुटपिट गरेको बताउनुभयो ।

Photo20220228Myagdi1

शिक्षकको कुटपिटबाट विद्यार्थीको शरीर तथा टाउकोमा चोट लागेको उहाँको भनाइ छ । ‘छोरालाई कुटपिट गर्ने शिक्षकलाई कारवाही हुनुपर्छ ।, –पौडेलले भन्नुभयो–‘शरीरमा लौरोले जथाभावी कुटपिट गर्दा ठूलो असर गरेको छ ।’

Photo20220228Myagdi2

विद्यालयबाट घर फर्किएपछि केही नखाई सुतेका पीडितले फागुन १४ गते बान्ता गरेको र खाना खाने क्रममा मुखमा समेत रगत देखिएपछि उपचारका लागि बेनी अस्पतालमा ल्याइएकोमा थियो । उपचारको क्रममा टाउको र शरीरमा चोट देखिएको विद्यार्थीका बाबुले बताउनुभयो ।

परीक्षण रिपोर्ट सामान्य देखिएपछि पीडितलाई सामान्य उपचारपछि फागुन १५ गते डिस्चार्ज गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।

Photo20220228Myagdi3

कक्षामा पढाइरहेकै समयमा विद्यार्थीले कागजमा ढुङ्गा बेरेर आफूलाई हानेको र अपशब्द बोलेकोले आफूले विद्यार्थीलाई कुटपिट गरेको आरोपितले स्वीकार गर्नुभएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले अभिभावकले विद्यालयमा निवेदन दिएको र आवश्यक अनुसन्धानपछि के गर्ने भन्ने निचोड निकालिने बताउनुभयो ।

Photo20220228Myagdi4

अन्य

भिडियो