१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ का १८ वर्षीय सुशान्त मगरलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी वेदप्रसाद गौतमले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको डिएसपी गौतमले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १५ गते गरिएको छ ।