१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ हाल काठमाडौ बस्ने ३२ वर्षीय पल शाह (पुर्ण विक्रम शाह) लाई ०७८ फागुन १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले गत वैशाख १४ गते शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौंडा स्थित एक होटलमा बास बस्ने क्रममा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते उजुरी दिएका थिए ।
उजुरीपछि फरार रहेका आरोपितले प्रहरी समक्ष फागुन १५ गते आत्मसमर्पण गरेपछि उनलाई व्यास नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालयको परिसरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते दमौली अस्पतालमा गरिएको छ ।