INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली लम्कीचुहा नगरपालिका –४ का २३ वर्षीय कमल ढकाललाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

महिलालाई ०७७ कात्तिक ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यायमा सुर्खेतमा कात्तिक ११ गते दिएको उजुरीको आधारमा आरोपितलाई वीरेन्द्रनगरबाट गिरफ्तारमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १० गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको डाक्टर डम्बर खड्काले बताउनुभयो ।

अन्य

भिडियो