सिम्रोनगढ नगरपालिका–२ मौवाही टोलको बनकट्टी चौरमा फागुन ११ गते बेलुका नेपालबाट भारततर्फ गाँजा लिएर जाँदै गरेका भारत बिहार मोतिहारी जिल्लाको घोडासहान ग्रामपञ्चायतका ३५ वर्षीय लखिन्द्र महतो कहारको मृत्यु प्रहरीले चलाएको गाली लागी भएको छ ।
मृतकका छिमेकी गाउँ पिप्रा ग्राम पञ्चायतका ४० वर्षीय हृदेश गिरीलाई भने प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको छ ।
लखिन्द्र महतो कहारलाई दोहोरो भिडन्तका क्रममा ढाड भन्दा तल गोली लागेपछि उपचार गर्न कलैया लैजाँदै गर्दा फागुन १२ गते बिहान बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रोनगढका इन्स्पेक्टर दिपक सुवेदीले बताउनु भयो ।
शवको पोष्टमार्टम गर्न प्रदेशिक अस्पताल कलैयामा राखिएको पनि इन्स्पेक्टर सुवेदीले बताउनु भयो ।