INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

रौतहटकी १४ वर्षीया बालिकालाई फागुन ८ गते बलात्कार गरेको आरोपमा बौधिमाई नगरपालिका–७ का २१ वर्षीय पवन जैसवाल र १९ वर्षीय मन्जय साह कानुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

मन्जय साह कानुलाई फागुन ९ गते र पवन जैसवाललाई फागुन ११ गते गिरफ्तार गरिएको प्रहरीले जनायो ।

घटनाका अन्य आरोपितहरू बौधिमाई नगरपालिका–७ का ३८ वर्षीय अरबिन्द जैसवाल, सोही ठाउँका २२ वर्षीय दिपेन्द्रदास तत्मा, २८ वर्षीय जट्टाशङ्कर जैसवाल, मोतिहारी ढाका थाना ग्राम बखरी भारतका ३५ वर्षीय अशोक जैसवाल फरार रहेको प्रहरीले जनायो ।

गौर चपुर खण्डमा पर्ने बमनहरबाट पैदल घरतर्फ जाने क्रममा स्कारपियोमा जबरजस्ती राखी देवाही गोनाही नगरपालिकाको लालबकैया नदी किनारमा लगी आरोपितमध्ये दिपेन्द्रदास तत्माले बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडित पक्षले दिएको उजुरी फागुन ९ गते नै अपहरण, शरीर बन्धक र बलात्कार शीर्षकमा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ८ गते जिल्ला अस्पताल गौरमा गरिएको छ ।

अन्य

भिडियो