INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ हाल काठमाडौ बस्ने ३२ वर्षीय पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते उजुरी दर्ता गराएको छ ।

पीडितलाई आरोपितले गत वैशाख १४ गते शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित एक होटलमा बास बस्ने क्रममा बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

पीडितले फागुन १० गते नै उजुरी दिन दमौली आएपनि प्रहरीले अभिभावक बिना उजुरी दर्ता गर्न नमिल्ने भन्दै फकाईदिएपछि वुवा आमालाई लिएर फागुन ११ गते दमौली आउनुभएको थियो ।

यस अघि कास्कीमा पनि पीडितलाई आरोपितले दुव्र्यवहार गरेको मुद्दा दर्ता गर्ने प्रयास भएपनि हद म्याद कटिसकेको भन्दै कास्की प्रहरीले उजुरी दर्ता गरेको थिएन । पछिल्लो पटक तनहुँमा घटना भएको कारण तनहुँमा उजुरी दिइएको पीडित पक्षले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते दमौली अस्पतालमा भयो ।

 

अन्य

भिडियो