१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ अमडुवाका २४ वर्षीय अर्जुन गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई घर नजिकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पताल विराटनगरमा फागुन १० गते गरिएको छ ।