६ वर्षीया बालिकालाई बलात्कार (हाडनाता करणी) गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिकाका–७० वर्षीय वृद्धलाई ११ महिना कैद सजायको सुनाएको छ ।
न्यायाधीश प्रकाश राउतको फागुन ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकलाई आरोपितले ०७७ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा चैत १६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको ०७७ चैत १७ गतेकाे आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ फागुन २६ गते गरिएको थियो ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लुहारलाई १३ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश प्रकाश राउतको फागुन ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
अदालतको सोही आदेशले कसुरदारबाट पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न आदेश भएको श्रेस्तेदार रेग्मीले बताउनु भयो ।
अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ को (ज) बमोजिम जम्मा गर्न फैसला भएको श्रेस्तेदार रेग्मीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ १९ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आारोपितलाई प्रहरीले जेठ ३० गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा असार १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको ०७८ असार १६ गतेकाे आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ जेठ १९ गते गरिएको थियो ।