INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरी आत्महत्या गर्न दुरूत्साहन कसुरमा ६ महिना कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरी आत्महत्या गर्न दुरूत्साहन गरेको कसुरमा आरोपितलाई जिल्ला अदालत सल्यानले फागुन ८ गते ६ महिना कैद तथा ५ हजार जरिवानाको फैसला गरेको छ ।

०७८ साउन २ गते शारदा नगरपालिका–१ श्रीनर निवासी २२ वर्षीय छविप्रकाश वलीले मृतकलाई बलात्कार गरी आत्महत्या गर्न दुरूत्साहन गरेको ठहर भएको भन्दै जिल्ला अदालत सल्यानका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलाशले सजाय सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

बालिकाले साउन ३ गते राती आफ्नै घरमा आत्महत्या गरेको खबर पाएपछि प्रहरीले घटनास्थलबाट आरोपितको नाम किटानी गरेको सुसाइट नोट फेला पारेको प्रहरीले जनाएको छ ।

शवको  पोष्टमार्टम साउन ४ गते जिल्ला अस्पताल सल्यानमा भएको थियो ।

पीडित पक्षले जिल्लाप्रहरी कार्यालय सल्यानमा साउन ३ गते उजुरी दर्ता गराएको थियो ।

अन्य

भिडियो