INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा ४३ वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३९ वर्षीय बाबुलाई दैलेख जिल्ला अदालतले फागुन ८ गते ४३ वर्ष कैद र एक लाख रूपियाँ क्षतिपूर्ति सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट हाडनाता करणी कसुरमा २५ वर्ष र बलात्कार कसुरमा १८ वर्ष कैद तथा एक लाख रूपियाँ क्षतिपूर्तिको फैसला भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (ख) मा लेखिए अनुसार ‘१० देखि १४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुन्छ’ भन्ने कानुनी व्यवस्था अनुसार एकै मुद्दामा जन्मकैद र थप सजायसमेत गरी ४३ वर्ष कैद गरिएको फैसलामा उल्लेख छ ।

पीडित बालिकाले ०७७ मङ्सिर १९ गते बुबाले बलात्कार गरेको भन्दै मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले आरोसपितलाई त्यही दिन घरबाटै गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ मङ्सिर १९ गते दैलेख अस्पतालमा भएको थियो ।

हाडनाता करणी सम्वन्धी  पुस १६ गते अदालतमा दर्ता भएको अभियोगमा सोहि दिन थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख काराकारमा पठाइएको थियो ।

अन्य

भिडियो