INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका र ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगरपालिका–१९ का ३५ वर्षीय गोपाल विकलाई फागुन ८ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितले माघ २९ गते आफूमाथि दैवी शक्ति रहेकोले  झारफुक गर्ने बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण फागुन ५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।

 

अन्य

भिडियो