INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

३ वर्षीया छोरी मुना सार्कीलाई बिष खुवाई हत्या गरेको आरोपमा दाङ्ग जिल्लाको घोराही नगरपालिका–१२ रतनपुर घर भई हाल माइतीघर गुराँस गाउँपालिका–२ लम्चुरीमा बस्ने २१ वर्षीया हरिमाया रावललाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ ।

एक वर्षदेखि माइतीघरमा बस्तै आएकी हरिमायाले भाउजुसँगको विवादपछि माघ २७ गते तरकारीका लागि घरमा राखिएको  बिषादी आफू र छोरीसमेतले खाएकोमा उपचार चल्दै गर्दा फागुन ४ गते ३ वर्षीया छोरीको मृत्यू भएको घटनामा गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

दाङ्ग जिल्लाको घोराही नगरपालिका–१२ रतनपुरका अहिले २३ वर्षका प्रबीण सार्कीसँग ४ वर्ष अघि प्रेमविवाह गरेकोमा दुई वर्ष अघि प्रबिणले दोस्रो विवाह गरेपछि माइतीमा बस्तै आएकी हरिमायाले छोरीलाई बिष खुवाई हत्या गरेको भनी पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डीएसपी भुवनेश्वर साहले बताउनु भयो ।

माइतीमा बसेको बेला नाबालिकालाई बिष खुवाई हत्या गरिएको घटना क्षमा योग्य नहुने भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ५ गते दिइएको उजुरीमा उल्लेख छ ।

माइती परिवारका सदस्यहरूले माघ २७ गते राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएकोमा हरिमायालाई तीन दिनमा निको भएको तर बालिकाको फागुन ४ गते मृत्यु भए प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव परीक्षण कर्णाली प्रदेश अस्पताल सुर्खेतमा फागुन ४ गते नै भएको थियो ।

फागुन ६ गते नै जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद अनुमति लिई आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो