२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका–६ बेनौली टोलमा रहेको पचरौचा नगरपालिकाका जेसिबी चालक २३ वर्षीय पप्पु साहलाई फागुन ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन ७ गते बलात्कार गरेको पीडित महिलाको आरोप छ । पीडित पक्षले फागुन ७ गते इलाका प्रहरी कार्यालय सिम्रोनगढमा उजुरी दिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा फागुन ८ गते गरिएको छ ।