INSEC Online

📅 २०८३ जेष्ठ २१

२९ ओटा मतदानस्थल अति संवेदनशील

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक तयारीका लागि जिल्लास्थित सरोकारवाला निकाय सक्रिय बन्न थालेका छन् ।

जिल्ला सुरक्षा समितिको टोलीले सुर्खेतका नौ ओटै स्थानीय तहमा पुगेर पायक पर्ने मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्नेक्रममा सुर्खेतका २९ वटा मतदानस्थल अति संवेदनशील रहेको ठहर गरिएको छ ।

आगामी निर्वाचनका लागि तोकिएका एक सय ३८ मतदानस्थलमध्ये २९ वटा अति संवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७६ वटा मतदानस्थल संवेदनशील र ३३ वटा स्थल सामान्य रहेका छन् । निर्वाचनका लागि मतदान स्थल र केन्द्र उपयुक्त स्थानमा छन् या छैनन् र सुरक्षाका हिसावले कति जोखिम छन्, छैनन् भन्ने अध्ययन थालिएको ।

संवेदनशील भएका स्थानहरूमा कस्तो सुरक्षा व्यवस्थापन मिलाउने भन्नेबारे सुरक्षा निकाय सहित स्थानीय तहहरूसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

तोकिएको मतदानस्थलमा चार वटा सुरक्षा निकायले सुरक्षा, व्यवस्थापन र समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको छ ।

सुर्खेतमा निर्वाचनका लागि दुई सय ७६ मतदान केन्द्र रहेका छन् ।

अन्य

भिडियो