INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–५ स्थित एकतारा आधारभूत विद्यालयमा कार्यरत ४० वर्षीय शिक्षक कालुराम खवासलाई प्रहरीले फागुन ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २४ गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई फागुन ६ गते घरबाटै अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर अनमोल खड्काले बताए ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा फागुन ६ बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको इन्स्पेक्टर खड्काले बताउनु भयो ।

पीडितले दिएको उजुरीमा आरोपितले बलात्कार गर्नुका साथै पतिले विदेशबाट पठाएको ७ लाख रुपियाँ समेत लुटेर लगेको उल्लेख भएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २५ गते गरिएको छ ।

अन्य

भिडियो