अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बिरोधमा नेपाल बन्दको आव्हन गर्दै हिडेका एक जनालाई फागुन ४ गते सुर्खेत प्रहरीले गिरफ्तार गरेको छ ।
स्थायी घर कालिकोट सान्नीत्रिवेणी–९ घर भई सुर्खेत वीरेन्द्रनगर–३ मुलपानी बस्ने तुलाराज तिरूवालाई यातायातका साधनहरूलाई बन्द गराउँदै हिडिरहेको कारण गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सुर्खेतका जिल्ला इन्चार्ज रहेका तिरूवालाई एरिचोक नजिकबाट गिरफ्तार गरी हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।