INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दकर्ताद्वारा ट्रकमा तोडफोड

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा फागुन ४ गते आह्वान गरेको नेपाल बन्दमा बन्दकर्ताले ट्रकमा तोडफोड गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा एमसिसि सम्झौता पेश हुने सम्भावना रहेको हुँदा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चामा आवद्ध बन्दकर्ताहरूले विहानैबाट टायर बालेर विरोध प्रर्दशन गरेको थिए ।

सोही क्रममा बन्दकर्ताले पोखरा महानगरपालिका –२७ तालचोकमा सूर्य नेपाल कम्पनीको ट्रकमा तोडफोड गरेका थिए ।

त्यस्तै पोखरा महानगरपालिका–१० स्थित अमरसिंह चोक नजिक एक शङ्कास्पद वस्तु भेटिएको थियो ।

प्रेशर कुकरमा तार बाहिर निकालेर छाडिएको उक्त वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको भएपनि उक्त वस्तु विष्फोटक पदार्थ भने नभएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

अन्य

भिडियो