१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका-१ लालीका १९ वर्षीय अजबहादुर शाहीलाई प्रहरीले ०७८ माघ २९ गते बझाङको जय पृथ्वी नगरपालिका-७ तमइल बजारबाट गिरफ्तार गरेको छ ।
आरोपितले ०७८ असार १३ गते बलात्कार गरेपछि ८ महिनाको गर्भ रहेको भन्दै पीडित पक्षले ०७८ माघ २३ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दामु पुनले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ माघ २३ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भयो ।