INSEC Online

📅 २०८३ जेष्ठ २१

आमा हत्या घटनाका आरोपित गिरफ्तार

उर्लावारी नगरपालिका–४ की ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा फागुन १ गते चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

चिर्पट प्रहारबाट गम्भीर घाइते हुनु भएकी चन्द्रमायाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मङ्गलवारेमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मुकारुङले बताउनु भयो ।

पीडितलाई आरोपितले चिर्पट प्रहार गरेको सूचना स्थानीयले इलाका प्रहरी कार्यालय उर्लावारीमा दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम मङ्गलवारे अस्पतालमा फागुन २ गते गरिएको छ ।

सोही दिन पीडित पक्षले शव बुझी उर्लावारी नगरपालिका–२ स्थित बक्राहा घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो