INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मकालु गाउँपालिका–२ का १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको फागुन १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै आठ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध  वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई वैशाख १२ गते मकालु गाउँपालिकाबाट गिरफ्तार गरी जिल्ला अदालतमा वैशाख २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०७८ जेठ ९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि बाल सुधारगृह विराटनगरमा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ वैशाख १२ गते गरिएको थियो ।

अन्य

भिडियो