भद्रपुर नगरपालिका–१ की ३४ वर्षीया अनिता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति अमरबहादुर तामाङलाई फागुन २ गते गिरफ्तार गरेको छ ।
पत्नीलाई मोबाइल बिगारेको निहुँमा फागुन २ गते घाँटीमा चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा ३४ वर्षीय पतिलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितले पत्नीको हत्या गरेको विषयमा स्थानीयले प्रहरीलाई खबर गरेको डिएसपी पाठकले बताउनु भयो ।
शवको पोष्टमाटम मेची अस्पताल भद्रपुरमा फागुन २ गते गरिएको छ ।
सोही दिन पीडित पक्षले शव बुझी भद्रपर नगरपालिका–१ स्थित मेची खोलामा सद्गत गरेको छ ।