१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौगाड गाउँपालिका–१ का १९ वर्षीय शेरबहादुर ठगुन्नालाई फागुन १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाले फागुन १ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर माधव विश्वकर्माले इन्सेक प्रतिनधसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकासँग विवाह गर्छु भन्दै आरोपितले शाररिक सम्बन्ध राखेर गर्भवती बनाएको भएपनि पछिल्लो समयमा स्विकार नगरी पन्छिन खोजेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको पीडितका दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बालिकाको आठ महिनाको गर्भ रहेको समेत पीडित बालिकाका दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
आरोपित विरुद्व मुद्दा दर्ता गरेपछि मानव अधिकार रक्षक सञ्जाज, इन्सेकलगायतको पहलमा पीडित बालिकालाई जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।