१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–३ का २५ वर्षीय सरोजकुमार मण्डलविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा माघ २६ गते उजुरी दिएको छ ।
पीडितलाई आरोपितले माघ २५ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध उजुरी दिएकोे पीडितकी आमाले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २६ गते गरिएको छ ।
आरोपित फरार रहेकाले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलीले बताउनु भयो ।