INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले काठमाडौ बुढानिलकन्ठ नगरपालिका–१३ कपन घर भइ हाल धार्चे गाउपालिका–५ माछाखोला बस्ने २६ वर्षीय रितेश क्षेत्रीलाई माघ २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २५ गते ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ २६ गते इलाका प्रहरी चौकी माछाखोलामा मौखिक उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा इलाका प्रहरी चौकी माछाखोलाबाट खटाइएको प्रहरी टोलीले आरोपितलाई माघ २६ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

आरोपितलाई हिरासतमा राखि घटनाको थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते गोरखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो