INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी गर्भ पतन गराएको आरोपमा तीन जना गिरफ्तार

२७ वर्षीया विष्णु बस्याल परियारलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ का २० वर्षीय अरुण गुरुङ्ग, ३२ वर्षीया पार्वती परियार र १६ वर्षीया बालिकालाई  माघ २४ गते घरबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले  माघ २४ गते समान्य विवादमो कुटपिट गरेको कुटपिटबाट सात महिनाको गर्भ तुहिएको भन्दै पीडित पक्षले माघ २४ गते  इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी गर्भ सङ्रक्षण विरूद्धको कसुरमा कारबाही अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य उपचार र परीक्षण माघ २४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो