INSEC Online

📅 २०८३ जेष्ठ २१

आमरण अनशनरत तारा बरालको स्वास्थ्य अवस्था गम्भीर

सरकारसँग विभिन्न माग राखेर कार्तिक ३० गतेदेखि आमरण अनशन बसेकी तारा बरालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

अनशनरत रहेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि बराललाई उपचारको लागि मङ्सिर ६ गते वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उहाँलाई आकस्मिक उपचार कक्षमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि मङ्सिर २० गतेदेखि आइसीयूमा राखेर उपचार गरिँदै आएको छ ।

photo20220203kathmandu

बरालमा शरीर फुल्ने, शरीर काम्ने प्रेसर लो हुने लगायतका स्वस्थ्य समस्या देखिएको अस्पतालका निर्देशक प्रा. डाक्टर भुपेन्द्रकुमार बस्नेतले माघ १९ गते इन्सेक प्रतिनिधिलाई बतउनु भयो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजी, नागरिकता विद्येक खारेज, बागमती, गण्डकी र कर्णाली प्रदेशलाई भारतसँग व्यापारिक नाका नदिएकाले सङ्घीयता खारेज गर्नुपर्ने, सर्वोच्च अदालतमा पूर्ण रूपमा राजनीति बन्द हुनुपर्ने, महिलामाथि हुने दुर्व्यवहार अन्त्य हुनुपर्ने, खाद्यान्न सङ्कट समस्या समाधानका लागि गर्न खेतियोग्य जमीनमा बनेका प्लाटिङ्ग बन्द गरेर तत्काल भू–उपयोग नीति लागु गर्नुपर्ने लगायत मागहरू राखेर बराल आमरण अनशनमा बस्नुभएको हो ।

काठमाडौँस्थित भद्रकाली मन्दिर परिसरको पिपलबोटमा कार्तिक ३० गते अनशन बसेको अवस्थामा राती गिरफ्तार गरेर नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राख्दा आफूमाथि प्रहरीले कुटपिट गरेको उहाँले गुनासो गर्नुभयो ।

Tara Baral photo 2कुटपिटबाट आफ्नो दायाँ हातको लिगामेन्ट च्यातिएको इन्सेक जिल्ला प्रतिनिधिसँगको माघ १९ गतेको भेटमा उहाँले बताउनु भएको हो ।

भद्रकालीमा अनशनमा बस्ता बारम्बार प्रहरीले गिरफ्तार गर्न थालेपछि बरालले बिजुलीबजारको एक घरमा आमरण अनशनमा बस्नु भएको थियो ।

अनशनरत रहेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि बराललाई उपचारको लागि मङ्सिर ६ गते वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उहाँलाई आकस्मिक उपचार कक्षमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि १६ दिनपछि आइसीयूमा राखेर उपचार गरिँदै आएको छ ।

वीर अस्पतालको आइसीयूमै अनशनमा रहेका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय मानवअधिकार आयोगको पहल र गृह मन्त्रालयको समन्वयमा बरालसँग ४४ औँ दिनमा पुस १४ गते अनशन तोड्ने सम्झौता भएको थियो ।

तर आफूले गोलमेच सम्मेलन गर्नु पर्ने माग गरे तापनि गृह मन्त्रालय र मानव अधिकार आयोगका प्रतिनिधिले झुक्याएर सम्झौता पत्रमा “अन्तरक्रिया गर्ने“ भनि उल्लेख गरेकाले ४५ औँ दिनबाट पुनः आमरण अनशन सुरु गरेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो