जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत १२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई माइतीघर गएकी पत्नीलाई ससुरालीमै पुगेर आरोपितले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएकी छन् ।
घटना भएलगत्तै पीडितले तेम्बाथान प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम अधिकारीले बताए ।
कुटपिटबाट पीडित महिलाको ढाड, पाखुरा, कम्मरलगायतका ठाउँमा निलडाम भएको प्रत्यक्षदर्शी पूर्णकली सिल्वालले बताइन् । पीडित महिलाको उपचार चौतारा अस्पतालमा भइरहेको छ ।