INSEC Online

📅 २०८३ श्रावण २

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले झापा, मेचीनगर नगरपालिका–३ का २५ वर्षीय रामबहादुर नेपाली भनिने सुधांशु दर्जीलाई माघ ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई माघ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले दर्जीलाई इलामको सूर्योदय नगरपालिका–१२ तीनघरे क्षेत्रबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले माघ ८ गते सुन्दरहरैँचा नगरपालिका–४ बलिया चौकस्थित श्रेष्ठ होटल एण्ड फेमिली लजका सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, श्रेष्ठका भाई २५ वर्षीय सुरज श्रेष्ठलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण एवम् उपचार कोशी अस्पतालमा माघ ८ गते गरिएको छ ।

अन्य

भिडियो