INSEC Online

📅 २०८३ श्रावण २

हत्या घटनाका आरोपित गिरफ्तार

बेलबारी नगरपालिका–९ का ८० वर्षीय ज्येष्ठ नागरिक दलबहादुर खत्रीको घाँटी थिचि हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई माघ १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा माघ १२ गते घाँटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर सरोज खनालले बताउनु भयो ।

बाबु छोराबिच घरायसी विवादका क्रममा माघ १२ गते दिउँसो झगडा भएको र आरोपितले मादक पदार्थ सेवन गरी बाबुको हत्या गरेको इन्स्पेक्टर खनालले बताउनु भयो ।

शवको पोष्टमार्टम कोशी अस्पताल विराटनगरमा माघ १३ गते गरिएको छ ।

अन्य

भिडियो